काठमाडौँ:
प्रहरीले कलंकीबाट शनिबार ३ किलो अफिम बरामद गरेको छ। धादिङका माइला भन्ने म्याक्रसु लो पक्राउ परेका हुन्।
धादिङबाट अफिम बेच्न काठमाडौं ल्याउँदै गर्दा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले म्याक्रसुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको जनाएको छ।
थानकोट नाका पार गरेर कलंकी आइपुगेका म्याक्रसुको शरीर खानतास गर्दा कम्मरको भागमा बाँधेर लुकाएको अवस्थामा अफिम बरामद भएको थियो।
पक्राउ परेका म्याक्रसु पेशेबर अफिम कारोबारी रहेको अनुसन्धानबाट खुलेको छ। बरामद गरिएको उक्त लागुऔषधसम्बन्धि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
Facebook Comments Box