काठमाडौँ: गत आर्थिक वर्ष २०७४ देखि २०७५ जेठ ३१ गतेसम्म निजामति सेवा अन्तर्गतका विभिन्न तहका ८६ जना निजामति कर्मचारीले विभिन्न देशका भ्रमण गरेका छन्।
गृहमन्त्रालयले यसरी विदेश भ्रमणमा गएका र जानेवालामा रहेका कर्मचारीहरुको नामावली स्वीकृत भएको सूची तयार परेको हो।
यस अन्तर्गत गएको आर्थिक वर्षमा सबैभन्दा बढी विदेश भ्रमण गर्नेमा सहसचिव तथा हालै गृहमन्त्रालयबाट सचिव पदमा पदोउन्नति भएका केदार न्यौपाने रहेका छन् । न्यौपानेले गएको आर्थिक वर्षमा सात पटक विभिन्न देशका भ्रमण गरेको देखिएको छ।
उनले अस्ट्रिया, न्यूयोर्क, श्रीलंका दुई पटक, भारत दुई पटक, र चीन गरी सात पटक विदेश भ्रमण गरेको वैदेशिक भ्रमण नामावली सूचीमा उल्लेख गरिएको छ ।
यस्तै, पाँचौ पटकसम्म विदेश भ्रमण गर्ने सूचीमा सहसचिव नारायण प्रसाद दुवाडी, साँढे ३३ किलो सुन काण्डका अनुसन्धान समितिका संयोजक ईश्वरराज पौडेल र कृष्ण प्रसाद राउत रहेका छन् । दुवाडीले रुसको मस्को दुई पटक, अस्ट्रियाको भियाना, स्विजरल्याण्ड, र भारत भ्रमण गरेका छन् भने पौडेलले अस्ट्रिया, श्रीलंका, चीन र युरोपियन मुलुकहरुको भ्रमण गरेका छन् । उनले २०७५ जेठ १ गते स्विजरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत भएको मन्त्रालयले जनाएको छ ।
गृह प्रवक्ता तथा सहसचिव रामकृष्ण सुवेदीका अनुसार मन्त्रालयले अनुमोदन गरेको त्यस्ता वैदशिक भ्रमण सरकारको नियमित भ्रमण हो। यसमा ठ्याकै यहि नै काम तथा उदेश्य भन्ने हुन्दैन, यसलाई एउटा ‘फ्यासिलिटी भिजिट’ भन्दा पनि हुन्छ ।
अनुमोदन भएका नाममा सबै जान्छन नै भन्ने छैन तर प्राय कर्मचारीहरु जान्छन्, उनले भने । सुवेदी स्वयमको पनि २०७४/१२/०२ गते अस्ट्रियाको भियानाका लागि भ्रमण स्वीकृत भएको देखिन्छ तर उनी नगएको भनेर कैफियतमा जनाइएको छ ।
यस्तै निजामति कर्मचारीहरु अध्ययन भ्रमणका लागि पनि आ-आफ्नो विदा स्वीकृत गराउनेमा कम छैनन् । यसरी सेवा कालमै रहंदा अध्ययन भ्रमणमा जाने कर्मचारीहरुमा गएको आवमा ९ जना कर्मचारीहरु गएका देखिन्छन् ।
यसरी अध्ययन भ्रमणमा जानेमा सहसचिव चक्र बहादुर बुढाबाहेक सबै जना शाखा अधिकृत रहेका छन् ।
भ्रमणको सूची हेर्न तल क्लिक गर्नुहोस
http://moha.gov.np/uploads/pageFiles/2267_b3c872877f645da1bdb57df516ee4632_1530738162__.pdf