Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सङ्क्रमण पुष्टि नगरिकनै कोरोना बीमा दाबी, ७ दिनभित्र विवरण बुझाउन निर्देशन

    सङ्क्रमण पुष्टि नगरिकनै कोरोना बीमा दाबी, ७ दिनभित्र विवरण बुझाउन निर्देशन

    पहिलोक्लिकपहिलोक्लिकFebruary 22, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण पुष्टि नगरिकन नै कोरोना बीमा दाबी गरेको पाइएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको विवरण रुजु गर्दा सङ्क्रमित नभई पनि बीमा दाबी गरेको पाइएको बताए । मन्त्रालयले १८ हजार विवरणमध्ये अहिलेसम्म १५ हजारभन्दा बढीको प्रमाणीकरण गरिसकेको छ । उनले कतिपयले सङ्क्रमित नभएपनि सङ्क्रमित भनेर बीमाका लागि दाबी गरेको तथ्याङ्क भने एकिन नभइसकेको जानकारी दिए ।

    “कोरोना बीमा दाबी रकमको प्रमाणीकरण गर्न गठित बीमा समिति र मन्त्रालयका प्रतिनिधि सम्मलित टोलीबाट बीमा दाबी गरेका विमितको विवरण मन्त्रालयको अभिलेखीकरणमा रहेका सङ्क्रमितको विवरणसँग रुजु भइरहेको छ”, उनले भने, “तर प्रमाणीकरणको क्रममा कतिपय सङ्क्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको पाइएको छ ।”

    मन्त्रालयले यसरी सङ्क्रमण भएको विवरण नभेटिएको र परीक्षणको मिति नमिलेकाले प्रयोगशालालाई सात दिनभित्र आजभन्दा अगाडिको मितिमा परीक्षण गरिएको विवरण पठाउन निर्देशन दिएको उनले जानकारी दिए । प्रयोगशालाले ‘कोभिड–१९ राष्ट्रिय परीक्षण मापदण्ड’ भित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) मा सङ्क्रमितको विवरण नपठाएको उनको भनाइ छ । मन्त्रालयले सात दिनभित्र सङ्क्रमितको विवरण सही नपठाए कोरोना बीमा नपाउने र प्रयोगशाला जिम्मेवार रहने जनाएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले अब नियमित रुपमा तोकिएअनुसार सङ्क्रमितको विवरण नपठाए प्रयोगशालाको सम्बन्धन खारेज गर्ने जानकारी दिए । विवरण रुजु गर्दा केही व्यक्तिको विवरण कोभिड–१९ परीक्षण गरिएको मितिभन्दा अगाडिको मितिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इडिसिडीमा पठाइएको पाइएको छ । यसरी अगाडि नै पठाएको विवरण कोरोना बीमा दाबी भुक्तानीका लागि प्रमाणीकरण अयोग्य भएको जानकारी उनले गराए ।

    मन्त्रालयले कोरोना बीमाको भुक्तानी दाबी गरेका विमितले विभिन्न संस्थामा दौडधुप गर्नुपर्दा अनावश्यक दुःख पाइरहेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बीमा दाबीका लागि प्रक्रियामा रहेका तथा प्रमाणीकरण भएका विमितको विवरण के कसो भइरहेको छ भनी स्पष्ट बुझिने र सहज हुने गरी व्यवस्था मिलाउन सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए ।

    Facebook Comments Box

    कोरोना बीमा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.