काठमाडौँ: केही दिनदेखि घटिरहेको सुनको मूल्य मंगलबार नेपाली बजारमा बढेको छ । यस्तै चाँदीको भाउमा पनि आज वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा १ हजार १०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ, तेजावी ८९ हजार ६५० रुपैयाँ र चाँदी तोलाको १ हजार ३६० रुपैयाँ कायम गरियको छ ।
सोमबार छापावाला सुन तोलाको ८९ हजार रुपैयाँ, तेजावी ८८ हजार ५५० रुपैयाँ र चाँदी १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
फागुन ७ गते मात्र जेठ महिना यता सस्तो भएको सुनको मूल्य क्रमश बढ्दै आएको महासंघले जनाएको छ ।