काठमाडौँ: महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बाँडफाँड हुँदैछ। उक्त आईपीओ साढे २ प्रतिशत आवेदकले मात्रै पाउने भएका छन्।
सीमित संख्यामा निष्काशन भएको आईपीओमा उच्च आवेदनका कारण ‘हात्तिको मुखमा जिरा’ भन्ने उखान जस्तै हुने भएको हो । लघुवित्तको आईपीओमा आवेदन गरेका ३७ हजार ५०० जनाले मात्र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार हात पार्नेछन् ।
लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर ९आईपीओ० निष्काशन गरेकोमा फागुन १४ गते शुक्रबार बिहान बाँडफाँड हुन लागेको हो ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार लघुवित्तको आईपीओमा उच्च आवेदन परेका कारण साढे २ प्रतिशत आवेदकले मात्र गोलाप्रथाबाट शेयर पाउने भएका छन् ।
बिक्री प्रबन्धकका अनुसार लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका छन् । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको छ भने ३ हजार ३५३ आवेदकको आवेदन रद्ध गरिएको छ ।
लघुवित्तको आईपीओ सदर आवेदकमध्ये १५ लाख २ हजार ५३५ जनाको हात खाली हुनेछ । जुन कुल आवेदकको साढे ९७ प्रतिशतभन्दा बढी हो ।
लघुवित्तले प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
