Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » उत्पादनमूलक उद्योगको गुणात्मक विश्लेषणसहितको अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर

    उत्पादनमूलक उद्योगको गुणात्मक विश्लेषणसहितको अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर

    पहिलोक्लिकपहिलोक्लिकMarch 1, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग विभागबीच उत्पादनमूलक उद्योगको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने विषयमा द्विपक्षीय समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरेका हुन ।

    समझदारीअनुसार कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुक्त रूपमा महासङ्घ र विभागको स्वामित्वमा हुने व्यवस्था गरिएको छ । दुवै संस्थाले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्न प्रतिबद्धता जनाएको महासङ्घले जनाएको छ ।

    आपसी सहमतिअनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरको खोजी र पहिचान गर्ने तथा औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगको सञ्चालनका क्रममा देखा पर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा सम्बोधन गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

    उद्योग व्यवसायको निरन्तर सञ्चालनमार्फत दिगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजश्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।

    यस्तै रणनीति कार्ययोजना निर्माण गर्ने, महासङ्घले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनःस्थापना गर्न अधिकतम प्रयास गर्नेछ ।

    त्यसैगरी गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार सङ्गठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाका विषयमा अध्ययन अनुसन्धान गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ । आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रमा ठोस कार्य गर्न दुवै संस्थाबीच विभागको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गर्ने समझादारीपत्रमा उल्लेख गरिएको छ ।

    सोही समितिमार्फत नियमित रूपमा दुवै संस्था एकै ठाउँमा रही बैठक छलफल गर्ने, सङ्कलित तथ्याङ्कको भण्डारण, प्रशोधन, विश्लेषण र त्यसको प्रचार प्रसार र समन्वयका लागि केन्द्रीय तथ्याङ्क विभाग, सम्बन्धित अन्य सरकारी निकायका पदाधिकारी र गैरसरकारी संस्थाका प्रतिनिधिलाई आवश्यकताका आधारमा आमन्त्रण गर्न सकिने उल्लेख छ ।

    सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्रबीच भएको यो सहकार्यबाट आउने परिणामले आमनेपाली लाभान्वित हुन सक्ने बताए। उनले दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष चार लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ महासङ्घले तयार गर्न लागेको ‘भिजन पेपर’का लक्ष्यलाई पूरा गर्न पनि यो सहकार्य सहयोगी हुने विश्वास प्रकट गरे ।

    विभागका महानिर्देशक भुसालले महासङ्घसँग अत्यन्त महत्वपूर्ण उद्देश्यका लागि भएको यो समझदारीले समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

    महानिर्देशक भुसालले उद्योग विस्तार गर्न कहा“ समस्या छन्, त्यसको पहिचान गरी समाधान गर्न विभागले महासङ्घको सहयोग खोजेको सन्दर्भमा यो सहमति महत्वपूर्ण पहल हुने बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अञ्जन श्रेष्ठले सहमति ऐतिहासिक भएको भन्दै उद्योगसँग सम्बन्धित नीति निर्माणमा यसले ठूलो सहयोग पु¥याउने विश्वास राखे ।

    Facebook Comments Box

    उत्पादनमूलक उद्योग
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.