काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छिन्।
मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी हुन्।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आव्हान गरिएको उल्लेख छ ।
सर्वोच्च अदालतले फागुन ११ गते संसद पुन:स्थापनाको फैसला गर्दै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश जारी गरेको थियो ।
आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।