काठमाडौँ: अघिल्लो दिन झण्डै ८० अंकले घटेको शेयर बजारमा सोमबार शेयर बिक्रीको चाप घटेपछि नेप्सेले पुरानै लय समातेको छ ।
बजार फर्कर्ने आशमा लगानीकर्ताले सस्तो मूल्यमा शेयर बिक्री गर्न नचाहेपछि कारोबार रकममा कमी आएपनि सूचकमा सुधार आएको हो । बिक्री चाप घट्दा अधिकांस कम्पनीको शेयर मूल्य बढेको छ भने कारोबारमा आएका सबै समुहमा हरियाली छाएको छ ।
सोमबार शेयर बजार परिसूचक मापक नेप्से ४०.४६ अंकले बढेर २५१५.०३ विन्दुमा उक्लिएको छ । पछिल्ला दुई दिनमा नेप्से झण्डै १२३ अंकले ओरालो लागेको थियो । आइतबार मात्रै नेप्से ७९.७४ अंकले घटेर २ हजार ४७४ दशमलव ३९ अंकमा झरेको थियो ।
सोमबार २०९ कम्पनीका १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता शेयर ५ अर्ब ६९ करोड २३ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् । कारोबार रकम २ अर्ब ६५ करोड कम हो । आइतबार ८ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो । लगानीकर्ताले सस्तो मूल्यमा शेयर बिक्री गर्न नचाहेपछि कारोबार रकममा कमी आएको हो।
यसदिन कारोबारमा आएका सबै समुह सकारात्मक रहे । व्यपार, होटल तथा पर्यटन तथा फाइनान्स समुहमा उच्च सुधार देखिएको छ । आजको कारोबारमा चन्द्र्गिरी हिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक,वरुण हाइड्रो लगायतको शेयरमूल्य उच्चदरले बढेको छ भने म्युचुअल फण्डहरुको शेयरमूल्य घटेको छ । सबैभन्दा धेरै निफ्राको ४४ करोड बढीको शेयर किनबेच भयो । शिखर इन्स्योरेन्सको पनि ३० करोड बढीको कारोबार भएको छ।