काठमाडौँ: नेपाल आयल निगमले हवाई इन्धको मूल्य बढाएपछि वायूसेवा सञ्चालक संघले पनि हवाई भाडा दर बढाएको छ । संघले अडान अनुसार ३० रुपैयाँ देखि २ सय २० रुपैयाँसम्म बढाएको हो ।
संघले शुक्रबार देखि लागु हुने गरी हवाई भाडादर बढाएको हो । निगमले प्रति लिटर हवाई इन्धनको मूल्य ५ रुपैयाँले बढाएपछि संघले भाडादर सोही अनुसार समायोजना गरेको जनाएको छ । संघले सबैभन्दा थोरै डोटी देखि साफेबगरको उडानमा २० रुपैयाँका दरले बढाएको छ । त्यसैगरी सबैभन्दा धेरै काडमाण्डौं देखि धनगढीको उडानमा २२० रुपैयाँ बढाएको छ ।
संघले भाडादर बाढाउने सन्दर्भमा नागरिक उड्डयान प्राधिकरणबाट समेत स्वीकृती लिइसकेको जनाएको छ । संघले २०७५ जेठ २७ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार इन्धनको मूल्य घटवढ भएपछि स्वचालित प्रणाली अनुसार समायोजना गरेको जनाएको छ ।
