काठमाडौँ: नेकपा संसदीय दलकाे नेता परिवर्तनकाे जानकारी पत्र दर्ता भएको छ ।
पुष्पकमल दाहाल संसदीय दलकाे नेतामा चयन भएको व्यहाेराकाे पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ सांसद् रामनारायण बिडारीले बताए ।
आइतबार दिउँसो २ बजेतिर महासचिवकाे कक्षमा दाहाल-नेपालसहित सांसदहरू निवेदन लिएर गएका थिए ।
महासचिवले पत्र बुझेपनि दर्ता गर्न भने मानेका थिएनन् ।
फागुन २१ गतेकाे दाहाल-नेपाल पक्षकाे संसदीय दलकाे बैठकले दाहाललाई दलकाे नेता चयन गरेको थियाे । आइतबार पनि दलकाे बैठकपछि दाहाल-नेपाल पक्ष महासचिवकहाँ निवेदन लिएर गएका थिए ।
Facebook Comments Box