काठमाडौँ: सर्बोच्च अदालतले गरेको आजको नेकपाको आधिकारिताबारेको फैसलामा ओली -प्रचण्डको साबिकको नेकपा नामको दल बदर गरेर उनीहरुको पार्टी एकीकरण अघि आफ्नो जुन दलको नाम थियो उनै पुरानो दलको नाम कायम हुने भने फैसला गरिदिएको छ।
निर्वाचन आयोगले ओली-प्रचण्डको दुई पार्टी नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण भएर निर्वाचन आयोगले दिएको नाम बदर गर्दै सर्बोच्चले आज सो फैसला सुनाएको हो।
फैसालामा भनिएको छ, ” निर्वाचन आयोग्ल्का यी दुवै निर्णय बदर भएसंगै साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता भएका नेपाल कम्युनिस्ट पार्टी (एकिकृत मार्क्सबाद लेनिनबाद) र नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिकै अवस्थामा कायम रहने हुँदा, अव यी दुई दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी अविलाम्भ निर्वाचन आयोगमा उपश्थित हुने जानकारी दीइ विपक्षीको (ओली-प्रचण्ड समूहले) नाम परमादेश जारी गरिएको छ।”
