काठमाडौँ: वरिष्ठ पत्रकार सुशील शर्माको शुक्रबार निधन भएको छ।
६३ वर्षीय शर्माको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको हो।
उनले लामो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमा काम गरेका थिए।
उनका आफ़न्ताका अनुसार हिजो बिहीबारदेखि शर्माको फोक्सोसम्बन्धी समस्याले जटिल रुप लिएको थियो।
दाहालका अनुसार शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
उनले हालसालै एक ट्विट गरेका थिए जुन प्रम ओली संग संदर्भित छन् – शर्मा केपी शर्मा ओलीले २०७४ सालको आम निर्वाचन जित्दा, उनले हालको सरकारलाई पूरा ५ वर्ष कार्य गर्न सफल भए मात्रै २०७४ को चुनाव सफल भएको मानिनेछ भनेर सन् २०१७ मा एक ट्विट गरेका थिए जुन उनले सन् २०२०, डिसेम्बरमा पुनः पोस्ट गरेका थिए।