काठमाडौँ: ज्योति लाइफको प्राथमिक शेयर (आईपीओ) शुक्रबार आज मध्यान्न साढे १२ बजे बाँडफाँड हुँदैछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार साढे १२ बजे ज्योति लाईफको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा बाँडफाँड गरिन लागिएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम मंगलबार गरिएको आईपीओको प्रि अलटमेन्ट अनुसार ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् ।
यसअनुसार आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४९६ जनामध्ये १२ लाख ४८ हजार ४९६ जना ९दोहोरो आवेदक सहित० आवेदकको हात खाली हुने देखिएको छ । जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७।७६ प्रतिशत हो ।
कुल आवेकदको ३२।२४ प्रतिशत अर्थात ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाउनेछन् ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड गर्दा उच्च आवेदनका कारण एक तिहाई लगानीकर्ताले मात्र शेयर पाउने अवस्था आएको हो ।
