Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 5
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » टीकापुर घटनाको तीन वर्ष: पीडित प्रहरी अधिकृतदेखि सर्वसाधारणले पोखे यस्तो पीडा

    टीकापुर घटनाको तीन वर्ष: पीडित प्रहरी अधिकृतदेखि सर्वसाधारणले पोखे यस्तो पीडा

    पहिलोक्लिकपहिलोक्लिकAugust 23, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    भीमदत्तनगर: शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाइन् । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ ।

    बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेवीको आँशु रोकिएको छैन । उनको घरमा पुग्दा वृद्धा नेगी घाँस काट्दै थिए। “छोरो गुमाएयता बिरामी नै परे, हरेक दिन खाना पस्केर खान बस्दा छोरालाई नै सम्झिन्छु,” सीतादेवीले आँशु झार्दै भनिन् ।
    छोरा मारिएको तीन वर्ष बितिसक्दा पनि घटनाका दोषीलाई कारवाही हुन नसकेको भन्दै उनले दुःख मनाउ गरिन् ।

    टिकापुर घटनापछि प्रहरी हवल्दार जनकबहादुरकी श्रीमती परमादेवीले पाँच सन्तानका साथ माइतमा आश्रय लिइरहेकी छिन् । दाजु मारिएपछि सीतादेवीको कान्छो छोरो उमेश वैदेशिक रोजगारबाट फर्किएर अहिले घरमा बेरोजगार बनेका छन् । “परिवारको भरोसा नै जेठो छोरा जनक थियो,” सीतादेवीले भने ।

    कान्छो छोराको सहारामा बाँचेको नेगी परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । “बुढेसकालमा भरोसा गुमाउँदा परिवारमै विचलन आयो,” जनकका बुबा वीरसिंहले भने, “कहीँकतैबाटै सहयोग पाउन सकिएन, दोषीलाई कारवाही भएको देख्न पाए हुन्थ्यो ।” टीकापुर घटनामा संलग्न २२ जनालाई समातेको सुन्नमा आएपनि सजाय के भयो थाहा नपाएको उनी बताउँछन् ।

    घटनापछि बुहारी परमादेवी भीमदत्तनगरपालिका–१९ बागफाँटामा माइतकहाँ बस्दै आएकी छिन् । “छोरो गुमाएपछि सरकारले उपलब्ध गराएको रकमबाट नाति÷नातिनीको खर्च चलाएको छ ।” बुबा वीरसिंहले भने। नेगी परिवार राहत र न्यायको पर्खाइमा छ । आफूसित भएको चार कट्ठा जमीनमा खेती फलाएर परिवारको छाक टार्न मुश्कल भएको उनी बताउँछन् ।

    यस्तै टीकापुर घटनामै ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टको परिवारको पनि आँशु अझै थामिएको छैन । शुक्लाफाँटा नगरपालिका–११ कलुवार घर भएका विष्टकी श्रीमती मन्धरादेवी घटनापछि अहिलेसम्म घर बाहिर निस्कएको छैन । पतिवियोगको पीडा झेल्दै आउनुभएकी उहाँले पीडकलाई कारवाही गर्न भएको ढिलाइप्रति दुखेसो पोखे ।

    “घटना भएको तीन वर्ष भया,े म घर बाहिर निस्कन सकिरहेको छैन,” उनले भने, “श्रीमान्ले त्यत्तिक्कै ज्यान गुमाए , चित्त बुझाउने ठाउँ छैन ।” घटना हुँदा पीडित परिवारका छोरा÷छोरीलाई सरकारले निःशुल्क शिक्षा दिने भने पनि हालसम्म केही सुनुवाइ नभएको मन्धरादेवीे बताउनुहुन्छ । उनका छोरा/छोरी बुबाले पाउने सुविधाबाटै अध्ययन खर्च गर्दैछन् ।” उनले भने, “छोरा÷छोरीको पढाइप्रति सरकार गम्भीर बनोस् ।”

    त्यसैगरी टीकापुर घटनामै ज्यान गुमाएका बेलौरी नगरपालिका–६ विद्यानगरका प्रहरी निरीक्षक केशव बोहराको परिवार पनि हत्यामा संलग्नलाई कारवाही नभएकोप्रति निराश छ । बोहराका श्रीमती र छोरा÷छोरी काठमाडौँमा बस्दै आएका छन् । घरमा भेटिनुभएका बोहराका भाइ महेश दोषीलाई कारवाही भएमात्रै मृत आत्माले शान्ति पाउने बताउँछन् ।

    “यति ठूलो घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर भएको देखिएन ।” उनले भने, “पीडकलाई राजनीतिक कारण देखाएर उन्मुक्ति दिन हुँदैन ।” घटनाका मुख्य आरोपी निर्वाचनमा सहभागी भएकोप्रति उनले दुःख व्यक्त गरे ।

    “कारवाही हुनुपर्ने मान्छेलाई संरक्षण दिनु हँुदैन,” उनले भने। विसं २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरासहित आठ प्रहरी र एक बालकले ज्यान गुमाएका थिए । उक्त घटनाको मुद्दा हाल कैलाली जिल्ला अदालतमा चलिरहेको छ । घटनाका अभियुक्तमध्ये २३ जना कैलाली कारागार र मुख्य आरोपी रेशमलाल चौधरी केन्द्रीय कारागार काठमाडौँमै पुर्पक्षका लागि थुनामा छन् । अभियुक्तका आश्रित दुई बालबालिका पोखराको बाल सुधारगृहमा छन् ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.