Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » जसपाका २०८ बन्दी रिहाइ गर्दै ओली सरकार, सता टिकाउन संविधान पुनरावलोकन गर्न आयोग बनाइने

    जसपाका २०८ बन्दी रिहाइ गर्दै ओली सरकार, सता टिकाउन संविधान पुनरावलोकन गर्न आयोग बनाइने

    पहिलोक्लिकपहिलोक्लिकApril 21, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: सरकार र जनता समाजवादी पार्टी (जसपा) समझदारी नजिक पुगेका छन् । दुवै दलका कार्यदलबीचको पटक-पटकको वार्ता पछि दुवै पक्षबीच समझदारी हुन लागेको हो ।

    मधेस र थरुहट आन्दोलनका क्रममा पक्राउ परेका बन्दी रिहाइदेखि संविधान पुनरावलोकन गर्नका लागि आयोग गठन गर्नेसम्मका समझदारीमा सरकार र जसपा पुगेको हो । जसपाले उठाएका माग सरकारले पूरा गर्ने र यी विषयमा कुनै पनि लिखित सम्झौता भने नहुने दुवै पक्षले बताएका छन् ।

    सरकारले माग पूरा गर्न निरन्तर काम गर्ने र तबसम्म जसपाले कांग्रेस र माओवादी केन्द्रसँग सत्ता समीकरणबारे सल्लाह नगर्ने दुवै पक्षबीच समझदारी रहेको छ ।

    सरकारको तर्फबाट नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेका छन् भने जसपाका तर्फबाट सांसद् लक्ष्मणलाल कर्ण र नेता सर्वेन्द्रनाथ शुक्ला छन् । दुवै पक्षबीचका अधिकांश बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री ओली र जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायत सहभागी हुँदै आएका छन् ।

    सरकार र जसपाबीचको वार्ता पाँच मुद्दामा केन्द्रित रहेको र ती मागबारे उत्साहजनक रूपमा काम अघि बढिरहेको सत्तापक्षको वार्ता टोलीका सुवासचन्द्र नेम्वाङले बताए । ‘जसपासँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको छ,’ नेम्वाङले भने ।

    प्रधानमन्त्री ओलीले सुरुदेखि नै सरकारलाई समर्थन दिन जसपालाई आग्रह गर्दै आएका छन् । उनले सरकारलाई जसपाको समर्थन लिएर प्रतिनिधिसभामा विश्वासको मत लिने योजना बनाएका थिए । तर जसपाले भने आफूले उठाएका माग पूरा नहुन्जेलसम्म सरकारलाई समर्थन दिन नसक्ने जवाफ फर्काएको थियो । त्यसपछि जसपालाई प्रधानमन्त्रीले कांग्रेस र माओवादीसँग सत्ता समीकरणमा नलाग्न भनेका थिए ।

    जसपाले उठाएका माग पूरा गर्ने तयारीमा सरकार रहेको जसपाका नेताले बताएका छन् । कार्यदलमा जसपा नेता लक्ष्मणलाल कर्णले भने, ‘सरकारले काम गरिरहेको छ । संविधान संशोधन गर्नका लागि कार्यदल गठन गर्ने, नागरिकताका विषयमा पनि सहमति गर्ने भन्ने हो ।’

    जसपाले २ सय ८ जनालाई रिहाइ गर्नका लागि सरकारलाई सूची बुझाएको छ । २४ मुद्दामा २ सय ८ जनामाथि मुद्दा लागेको र तिनको मुद्दा फिर्ताका लागि जसपाले माग गरिरहेको छ । ‘मुद्दा फिर्ता र बन्दी रिहाइबारे मन्त्रालयहरूले काम गरिरहेको छन् भनिएको छ,’ कर्णले भने ।

    जसपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, आन्दोलनका क्रममा नेता/कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता गर्नुपर्ने, बन्दी रिहाइ गर्नुपर्ने, संविधान पुनरावलोकन गर्नुपर्ने र नागरिकता विधेयक आफूहरूको सहमतिमा मात्रै पास गर्नुपर्ने माग राखेको छ । यी मागमध्येमा संविधान पुनरावलोकन गर्नका लागि आयोग बनाउन सरकार तयार रहेको बताइएको छ । दुवै पक्षका नेताहरूका अनुसार संविधान पुनरावलोकन आयोग बनाउने र निश्चित समयसीमाभित्र प्रस्ताव तयार पारेर अघि बढाउने समझदारी बन्न लागेको हो । मुद्दा र फिर्ता र बन्दी रिहाइ अबको केही दिनमै मन्त्रिपरिषद्‍बाट निर्णय हुने बताइएको छ । नागरिकता विधेयक समझदारीमा अघि बढाउन सबै दललाई एकमत गर्ने समझदारी गर्ने समझदारी सरकार र जसपाबीच भएको बताइएको छ ।

    त्यस्तै, लाल आयोगको प्रतिवेदन पनि संक्षेपीकरण गरेर सार्वजनिक गर्ने समझदारी बनेको बताइएको छ । तराई–मधेस र थरूहट आन्दोलनका क्रममा भएका घटनाको सत्य, तथ्य छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग, २०७३ ले सर्वोच्चका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा आयोग गठन भएको थियो । उक्त आयोगले २०७४ मंसिर २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन जसलाई सार्वजनिक गर्नका लागि जसपाले बारम्बार माग राख्दै आएको छ ।

    एमालेका एक नेताले जसपाका यी माग सरकारले पूरा गर्ने तर त्यतिबेलासम्म कुनै पनि हालतमा कांग्रेस र माओवादीसँग सत्ता समीकरणबारे छलफल गरे पनि त्यसमा सहमत नहुने प्रतिबद्धता प्रधानमन्त्रीसामू गरेको छ । ‘उहाँहरू कुनै पनि हालतमा कांग्रेस र माओवादीसँग सत्ता समीकरण गर्नुहुन्न । उदाहरणका लागि लुम्बिनी प्रदेश काफी छ,’ ती नेताले भने ।

    ओलीसँग मिलेर सत्ता समीकरण गर्ने कि कांग्रेस-माओवादीसँग भन्ने विषयमा जसपाभित्र विवाद छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरूले ओलीसँग कुनै पनि हालतमा सत्ता सहकार्य गर्न नहुने अडान राख्दै आएका छन् । अर्कोतर्फ अध्यक्ष ठाकुर र नेता महतो भने ओलीसँगै मिलेर जान सजिलो हुने पक्षमा छन् । ठाकुर पक्ष भने ओलीले माग पूरा नगरेसम्म सत्ता समीकरणबारे छलफल नगर्ने भन्दै आएका छन् ।

    Facebook Comments Box

    २०८ बन्दी रिहाइ गर्दै ओली सरकार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.