काठमाडौं: काठमाडौं महानगरपालिका-११ भद्रकाली पुलस्थित काभ्रे शिखर आमबोटे गाउँपालिका-८ घर भएका २६ वर्षीय संजिव लामाले चलाएको बा ९१ प ८१९ नम्बरको स्कुटर शुक्रबार अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किदा लामाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटरमा सवार हाल वतन नखुलेका २७ वर्षीय संजिब तामाङ नाम गरेका व्यक्ति गम्भीर घाइते भएकोले उपचारको लागि ट्रमा सेन्टर पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box