काठमाडौँ: पूर्व प्रधानमन्त्री एबम जनता समावादी पार्टी नेपालका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज हुन गरिरहेको विश्वासको मत नदिएरै आजैबाट विदाई गर्नु पर्नु विचार राखेका छन् ।
ओली विदाई गर्नु पर्ने तीन कारणसहित उनले सो विबार राखेका हुन् ।
सामाजिक संजाल आफ्नो ट्विटरमा केहीबेर अघि पोस्ट गर्नु भएको अभियक्ति यस्तो छ:
ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण:१. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको;२.संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको;३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको;४.खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!