काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १५ बुँदे माग बोकेर सिंहदरबार पुगेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।
उनले बुझाएको ज्ञापनपत्रमा भनेका छन्, “उपचार पहुँचको अभावमा मृत्यु हुनेहरुको संख्या पनि सार्वजनिक गरिएको संख्या भन्दा बढी छ । उचित मनोवैज्ञानिक परामर्श, रोकथाम र उपचारका प्राथमिक सूचना र सल्लाहले धेरै संक्रमितहरुलाई गम्भीर विरामी भएर अस्पताल जानु पर्ने अवस्थाबाट रोक्न सक्छ । तर त्यस्तो परामर्श र हटलाइनको समुचित व्यवस्था सरकारले नगर्दा समस्या झन विकराल बनेको छ । अहिलेको दोस्रो चरणको संक्रमण मात्र होइन देशले तेस्रो चरणको संक्रमण ब्यहोर्न पर्ने चेतावनी विज्ञहरुले दिएका छन् । यस्तो अवस्थामा आम नागरिकहरुलाई कोभिड—१९ महामारीबाट छुटकारा दिलाउन भ्याक्सिनको चाँडो भन्दा चाँडो व्यवस्था मिलाउन आवश्यक छ । तर यस्तो संवेदनशील काममा पनि कमिशनको चक्करले ढिलासुस्ति आउनु अत्यन्त दुःखद कुरा हो ।”
कोरोना व्यवस्थापनमा सरकार असपलल भएको र गैरजिम्मेवारी बढेको निस्कर्षसहित सभापति देउवाको नेतृत्वमा कांग्रेसले ज्ञापनपत्र बुझाएको हो ।
“कोभिड–१९ महामारीको पहिलो चरण भन्दा यो चरण कैयौ गुणा भयावहसिद्ध भएको छ । सीमा नाकाहरुको समयमा नै समुचित व्यवस्थापनगर्नेतर्फ सुरकारको गम्भीर ध्यान नहुँदा पनि यो अवस्था सृजना भएको हो,” कांग्रेसको ज्ञापन पत्रमा भनिएको छ, “सक्रमणदर र मृत्युदर उच्च गतिमा बढेको छ, जेठ ५ गते अपरान्हसम्म ५ हजार ६ सय ५७ जनाको दुखद मृत्यु भइसकेको छ ।”
कांग्रेसले कोरोना भाइरसका अझ घातक नयाँ भेरियन्ट देखिनेक्रम जारी रहेको भन्दै युवाहरुमा देखिएको बढ्दो संक्रमण र मृत्यु चिन्ताको विषय भनेको बताएको छ । अहिलेसम्मका संक्रममितको संख्या कुल चार लाख ० हजार ४१ परीक्षण भइएकामध्ये ३९ प्रतिशत पुगिसकेको र पिसीआर परीक्षणको न्यून संख्याका कारण संक्रमण दर त्यो भन्दा पनि धेरै हुनसक्नेतर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गरेको छ ।
“अहिले कोभिड–१९को संक्रमण समुदायस्तरमा र छोटो समयमा देशका दुर्गम गाउँहरुमासमेत फैलिएको छ र संक्रमितको उपचार देशको स्वास्थ्य प्रािलिे धान्नै नसक्ने अवस्थामा पुगेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
“बढ्दो संक्रमणसँगै स्वास्थ्य सुविधा नभएका ठाउँहरुको स्थिति नाजुक बनेको छ भने केही स्वास्थ्य सुविधा भएका ठाउँहरुमा पनि बाहिरबार आउने विरामीको अत्याधिक चापले सेया पु¥याउन असम्भव भएको छ ।” बढ्दो विरामीको चछाका कारण अक्सिजन र आइसियु बेडको टड्कारो अभाव देखिएको कांग्रेसको ज्ञापनपत्रमा उल्लेख छ ।
“सीमा नाकामा यथेष्ठ परीक्षण अभावमा, होल्डिङ सेन्टर र क्वारेन्टिन केन्द्रहरुको समुचित व्यवस्था नहुँदा देशभित्र द्रत गतिमा संक्रमण प्रवेश गरेको छ । निषेधाज्ञाकोृ पनि बैद्दज्ञानिक व्यवस्थापन नहुँदा देशभित्र पनि संक्रमित क्षेत्रहरुबाट संक्रमण नभएका क्षेत्रमा चाँडो संक्रमण फैलदो छ ।”