काठमाडौं । विपक्षी गठबन्धन शारीरिक रुपमा बहुमत सदस्यसहित अदालत जाने भएको छ । आज तयारी गर्दागर्दै नभ्याएकाले भोलि जाने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।
सांसदहरुको हस्ताक्षरलगायत डकुमेन्टको तयारी भएको र रिटको ड्राप्ट बेलुकीसम्म टुंगिने प्रचण्डको भनाइ छ ।
“रिट तयारी भइरहेको छ । अन्तिम ड्राप्टमा पुगिसकेको छ । बेलुकीसम्म टुंगिन्छ । फिजिकल्ली नै बहुमतको उपस्थितिमा भोलि अदालत जाने तयारी छ । आजै जाने विचार थियो । तयारी गर्दागर्दै ढिला भयो । १४९ मा हस्ताक्षर नगर्ने केही सांसद पनि थपिनुभएको छ । १४९ सांसद घट्नुभएको छैन,” उनले भने ।
Facebook Comments Box