काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपक्षी गठबन्धनका तर्फबाट संसद् विघटनविरुद्धको रिट तयार भएको बताएका छन् । उनले रिट तयार पार्दापर्दा समय कम भएकाले सोमबार बिहान १० बजे रिट अदालतमा दायर हुने बताए ।
“रिट तयार भयो, हस्ताक्षर संकलन पनि सकिएको छ,” पौडेलले भने, “गर्दा गर्दै ३ बज्यो । समय नभ्याउने भएकाले भोलि १० बजे रिट दायर गरिनेछ ।”
Facebook Comments Box
