काठमाडौं । कोरोनाभाइरस संक्रमणका कारण वाग्मती प्रदेशमा थप ४९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाको तथ्यांकानुसार वाग्मतीका विभिन्न सात जिल्लामा ४९ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सोमबार बेलुकी ५ बजेसम्मको विवरणानुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २४ जनाको मृत्यु भएको छ । यहाँ ३३ देखि ९८ वर्षसम्मका पुरुष र ३९ देखि ७६ वर्षसम्मका महिलाले ज्यान गुमाएका हुन् ।
यस्तै, कोरोनाका कारण यो अवधिमा ललितपुरमा आठ र भक्तपुरमा ६ जनाको मृत्यु भएको जनाइएको छ ।
Facebook Comments Box