यस अनलाइन पत्रिका (पहिलोक्लिक डटकम) मा आज मिति २०७८/०२/११ गते बिहान ८:३१ बजे प्रकाशित समाचार शिर्षक ” प्रम ओली र प्रधानन्यायाधीशबीच सोमबार राती अर्थपूर्ण भेट ” भन्ने समाचार प्रकाशित भएकोमा हामी अवगत नै छौं।
उल्लेखित समाचार हामीले सधै जसो हरेक बिहान प्रकाशित गरिने ‘पत्रपत्रिकाबाट तथा अन्य अनलाइनमा प्रकाशित समाचारहरुलाई आधार र साभार गर्दै प्रकाशित गर्ने गरेका छौं। सोही कार्य अन्तर्गत मंगलबार जेठ ११ गते बिहान उक्त शिर्षकसहितको सामाचार प्रकाशित हुन गएको सम्बन्धित निकाय (सम्मानित सर्वोच्च अदालत) लाई अवगत गराउन चाहन्छौं।
उक्त समाचारलाई लिएर हाम्रो अनलाइनकोसमेत नाम त्यस सम्मानित सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी प्रेस बिज्ञप्तिसहित ध्यानाकर्षण जारी भएको हामीलाई अवगत नै भयो।
हामीले उक्त समाचार आफैले (हाम्रा पत्रकारले) तयार गरेको नभई समाचारको अन्त्यमा प्रष्टैसंगै “यो समाचार हामीले इमेजखबर डटकम” बाट साभार गरेका हौँ भनेर समेत समाचारको स्रोत उल्लेख गरेको हुँदा थप सत्य तथ्यसहित प्रकाशित गर्न चुकेको हुँदा हाम्रो यस अनलाइन पत्रिकामा प्रकाशित समाचारलाई *भुलसुधार गरी सच्याउन तयार भई यही निवेदनका साथ सम्बन्धित निकायलाई अवगत गराउन चाहन्छौं। र उक्त समाचारलाई हाल निष्क्रिय पारिएको समेत जानकारी गराउन चाहन्छौं।
यसर्थ, उक्त समाचार मार्फत हाम्रो यस अनलाइनको त्यस स्वतन्त्र तथा सम्मानित न्यापालिकाको जनतामा रहेको जनआस्था अभिबृद्दिमा कुनै अन्यथा भावना नराखी हामी पनि त्यस अदालतप्रति सम्मान र भरोसाप्रति सचेत र जानकार रहेको अवगत गराउन चाहन्छौं। धन्यवाद !!! *सम्पादक
पहिले प्रकाशित समाचारको लिंक
https://www.pahiloclick.com/wp-admin/post.php?post=50185&action=edit
