नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाभित्रै मुलुकभर १६९ जनाको मृत्यु भएको छ।
मुलुकभरमा बिभिन्न ९१ वटा प्रयोगशालामा गरिएको २२,९३६ परीक्षणबाट उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २२,३०६ पिसीआर र ६३० एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये एन्टीजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको छ भने पिसीआर परीक्षणमा ८३८७ जनामा पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घन्टामा ६,४०४ जना संक्रमणमुक्त भएका छन्। यो सँगै मुलुकमा ४०४,८८७ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६७ जना छन्। जसमध्ये १६७२ जना आइसियू र ४४७ जना भेन्टिलेटरमा उपचाररत छन्।