काठमाडौँ: साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो भने चाादीको भाउ स्थीर बनेको छ ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ९ सय रुपैयाँ, तेजावी ९३ हजार ४ सय रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३७० रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार छापावाला सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ, तेजावी ९४ हजार रुपैयाँ र चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।
Facebook Comments Box