काठमाडौँ: रौतहटको गौर नगरपालिका ४ लालबकैया नदीमा डुंगा पल्टिँदा कम्तिमा ३५ जना मानिस बेपत्ता भएका छन्।
तिकुलिया घाटस्थित नदीमा शनिबार साँझ डुंगा पल्टिँदा बेपत्ता भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बन्जराबाट तिकुलिया आउँदै गरेका यात्रु डुंगा पल्टिएपछि हराइरहेका हुन्। घटनास्थलमा पुगेका प्रहरीका अनुसार बेपत्ताहरुको खोजी भइरहेको छ। रात परेकोले खोजीमा कठीनाइ भएको उनले बताए।
डुंगामा सबार मध्ये ५ जना पौडेर निस्किन सफल भएको जानकारी आएपनि तिनीहरुको अवस्था थाहा नभएको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
Facebook Comments Box