काठमाडौँ: जारी युरो कप फुटबलको शनिबार भएको पहिलो खेलमा फ्रान्स र हंगेरीले १-१ को बराबरी खेल खेलेका छन् ।
हंगेरीको बुदापेस्टमा भएको खेलमा हंगेरीले पहिलो अग्रता लिएको थियो भने खेलको दोश्रो हाफमा फ्रान्सका अन्टोनियो ग्रिज्मेनले ६६ औं मिनेटमा बराबरी गोल गरेका हुन् । यो खेल समूह एफ अन्तर्गत भएको हो। खेल हेर्न ६७ हजार दर्शक थिए।
हंगेरीको यस खेलसंगै १ अंक जुताउन सफल भएको छ। समूहमा हंगेरी तेश्रो तालिकामा उक्लिएको छ। एक मात्रै खेल खेलेको जर्मनी अंक विहीन छ।
Facebook Comments Box