काठमाडौं: ग्लोबल आइएमई बैंकले मुद्दती बचत खातामा बचत गर्दा ८.०१ प्रतिशतसम्म ब्याज दिने भएको छ।
असार १ गतेदेखि लागू हुने गरी बैंकले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार एक वर्ष वा सोभन्दा माथिको मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने जनाएको छ।
साथै, मुद्दती खाता ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी घरबाट नै खोल्न सकिने बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा सेवा दिइरहेको छ।
बैंकको २७३ शाखा, २४७ एटीएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २४ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ।