काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुनेगरी मूल्य बढाएका हो । निगमले
पेट्रोल, डिजेल तथा मटितेलको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । नयाँ भाउ अनुसार अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।
यसगरी हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर कायम गरिइएको छ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गरिएको न
यसअघि निगमले गत जेठ २२ गते पेट्रोल, डिजेल।मटितेल तथा हवाई इन्धन (आन्तरिक) को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो ।