काठमाडौँ: शनिबार बिहानैदेखि देशका धेरैजसो स्थानमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले कर्णालीदेखि पूर्वका पाँचवटा प्रदेशमा वर्षा भइरहेको छ।
वर्षासँगै बाढी तथा डुबानको जोखिम बढेको छ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले आज कहाँ कहाँ बाढीको जोखिम छ भनेर अनुमान सार्वजनिक गरेको छ।
सूचनामा भनिएको छ : आज कन्काई, कोसी, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाव बढ्ने र केही ससाना नदीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाऔं।’
बाढी महाशाखाले दैनिक ३ दिनसम्मको बाढीको अनुमान सार्वजनिक गर्छ।