काठमाडौँ: आगामी मौद्रिक नीतिका लागि नेपाल चेम्वर अफ कमर्सले राष्ट्र बैंक समक्ष ३७ बुँदे सुझाब पेश गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रबार नेपाल राष्ट्र वैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष आगामी मौद्रिक नीतिका लागि चेम्बरको तर्फबाट सुझावहरु प्रस्तुत गरेका हुन् ।
सुझाबर पशे गर्दै चेम्वरका अध्यक्ष मल्लले सन् २०२० को सुरुवात देखि कोभिड–१९ महामारीको कारण अर्थतन्त्र प्रभावित भएको भन्दै निजी क्षेत्रको मनोबल कायम राखि आर्थिक पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राख्न मौद्रिक नीति मार्फत अधिकतम प्रयास गर्नुपर्ने सुझाब दिए ।
उनले कोभिड-१९ को पहिलो लहरमा अर्थतन्त्रले धेरै नोक्सानी बेहोरिसकेको अवस्थामा गत वैशाख १६ देखि कोरोनाको दोश्रो लहरका कारण जारी निषेधाज्ञाले झन् धेरै क्षति पु¥याईसकेको अवस्थामा देशको आर्थिक गतिविधि संचालनमा निजी क्षेत्रको महत्वपुर्ण योगदान रहने धारणा राखे ।
बैँकिङ क्षेत्रको प्रमुख मुहान निजी क्षेत्र भएकोले अहिले मुहान अत्यन्त क्षतिग्रस्त भएको विद्यमान विषम परिस्थतिमा राज्य तथा नेपाल राष्ट्र बैँकको पहिलो प्राथमिकता मुहानको संरक्षण गर्नु पर्ने उनको भनाई थियो । अहिलेको विषम परिस्थतिमा आर्थिक पुनरुत्थान नभई आर्थिक गतिविधी सामान्य अवस्थामा फर्किन सम्भव देखिदैन बताउनु हुंदै निजी क्षेत्रको मनोबल कायम राखि आर्थिक पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा नेपाल राष्ट्र वैंकका गभर्नर महा प्रसाद अधिकारीले अहिलेको बिषम परिस्थितिमा बित्तीय संस्था तथा व्यवसाय टिक्न सकेमा मात्र अर्थतन्त्र दीगो हुने बताउँदै चेम्वर मार्फत व्यवसायीहरुलाइ मुलुकको अर्थतन्त्रलाइ दीगो बनाउने किसिमका वस्तु आयातका लागि प्रोत्साहित गर्न आग्रह गरे ।
