काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु भई राष्ट्रिय प्रसारणमा जोडिनु गौरवको क्षण भएको बताएकी छिन् ।
राष्ट्रपतिले सोमबार बेलुकी ट्वीट गर्दै सो आयोजनाले मुलुकको विद्युत् उत्पादन क्षमता वृद्धि गर्नाका साथै ठूला परियोजना निर्माण गर्न राष्ट्रिय आत्मविश्वास बढाउने विश्वासका साथ आयोजनाको सफलतामा योगदान गर्ने सबैलाई बधाई दिएकी छिन् ।
Facebook Comments Box