Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 5
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » नेपाललाई अझै खोप सहयोग गर्छौं : चिनियाँ राजदूत यान्छी

    नेपाललाई अझै खोप सहयोग गर्छौं : चिनियाँ राजदूत यान्छी

    पहिलोक्लिकपहिलोक्लिकJuly 12, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: चीनले नेपाललाई थप खोप सहयोग गर्ने प्रद्धिबद्धता जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार बिहान भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै नेपाललाई चीनले अझै खोप सहयोग गर्ने बताएकी हुन् ।

    चीनले नेपाललाई अहिलेसम्म १८ लाख अनुदान सहयोग र ४० लाख चीन–नेपाल खोप सहकार्यअन्तर्गत पठाएको उल्लेख गर्दै थप खोप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नेपाल आइसकेको र चीनबाट आउनेका लागि सहमति भएको गरी ५८ लाख खोप उत्तरी छिमेकीबाट आउँछ ।

    उनले कोभिड–१९ को सुरुवातमा नेपालले चीनलाई सहयोग गरेको पनि सम्झिन् । नेपालले चीनमा सुरुवातमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सन् २०२० को फेब्रुअरी ७ मा एक लाख मास्क सहयोग गरेको थियो ।

    राजदूत होउले नेपालको खोप अभियानमा सहयोगअन्तर्गत खरिद गरेको ४० लाख खोपमध्ये पहिलो लटको खोप नेपाल आइसकेको उल्लेख गरिन् । उनले चीनले अहिले १० वटा कोभिड–१९ खोप उत्पादन गरेको जानकारी दिइन् । त्यसमध्ये दुई ओटा खोपलाई अहिलेसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको बताइन् । नेपालमा भने अहिलेसम्म सिनोफार्मको भेरोसेल खोप ल्याइएको छ ।

    नेपाल र चीनबीच खोप खरिदमा भएको ‘नन–डिस्कलोजर अग्रिमेन्ट’ माथि सोधिएको प्रश्नमा होउले भनिन्,‘हामीले खोप सहकार्यअन्तर्गत विश्वका १०० मुलुकहरुलाई सहयोग गर्दै आइरहेका छौं । सबै मुलुकहरुसँग यही अन्तर्राष्ट्रिय प्रक्रियाअनुसार काम भइरहेको छ । चीन र नेपालबीचको खोप सहकार्यअनुसार खोप ल्याइएको हो ।’

    राजदूत होउले नेपालतर्फको उत्तरी दुई नाकाहरु तातोपानी र रसुवागढीको भन्सार नाकाका समस्याहरु राजनीतिक नभएर प्राविधिक भएको बताइन् । उनले तिब्बतको भूबनोट र त्यहाँ हुने अक्सिजनको समस्याका कारण पनि नाकामा कडाइ रहेको उल्लेख गरिन् । उनले तातोपानीमा दैनिक १० वटा ट्रक आउने गरेको र रसुवागढीमा नेपाली क्षेत्रमा कम स्थान भएको कारणले गर्दा आयातमा केही समस्या भएको जानकारी आएको बताइन् । ‘तर यी समस्यालाई समाधान गरेर अघि बढ्नका लागि दुवै पक्षबाट प्रयासहरु भइरहेका छन्,’ उनले भनिन्,‘यो समस्या कोरोनाको कारणले हो, यो सकिएपछि फेरि पूर्ण रुपमा काम हुन्छ ।’

    उनले विश्वका विकासोन्मुख मुलुकहरुमा खोप सहयोग गरेर जनताको जीवनरक्षा गर्ने र मुलुकको अर्थतन्त्रलाई उकास्नका लागि सहयोग गर्ने पनि बताइन् ।

    Facebook Comments Box

    चिनियाँ राजदूत यान्छी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.