Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 5
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » विशेष अदालतका अध्यक्षको सरुवा, गच्छदारलाई धरौटीमा छाडेकामा प्रधानन्यायाधीश असन्तुष्ट

    विशेष अदालतका अध्यक्षको सरुवा, गच्छदारलाई धरौटीमा छाडेकामा प्रधानन्यायाधीश असन्तुष्ट

    पहिलोक्लिकपहिलोक्लिकJuly 18, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका अभियुक्त कांग्रेस नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाडेको दुई दिनमै विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की इलाम सरुवा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गरेर मुद्दा चलाएका गच्छदारलाई १० लाख धरौटीमा छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।

    कार्कीलाई उच्च अदालत विराटनगरअन्तर्गत इलाम इजलासको मुख्य न्यायाधीशका रूपमा काजमा पठाइएको हो । सर्वोच्च अदालतले अध्यक्ष कार्कीको काज सरुवाको निर्णय भने सार्वजनिक गरिसकेको छैन । तर उनले शुक्रबार काज सरुवाको जानकारी पाएको पुष्टि गरे । ‘विस्तारै जाने तयारी भइरहेको छ,’ उनले भने । विशेष अदालतको अध्यक्ष भएको ८ महिनामै कार्कीको काज सरुवा भएको हो ।

    मुद्दा चलेको डेढ वर्षदेखि ‘फरार’ गच्छदार कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्ट अदालतमा उपस्थित भएका थिए । उनलाई अदालतले त्यही दिन धरौटीमा छाड्ने आदेश दिएको थियो । सर्वोच्च अदालतका एक अधिकारीका अनुसार अध्यक्ष कार्कीको इजलासले गच्छदारका विषयमा गरेको आदेश प्रधानन्यायाधीश जबराले चित्त बुझाएका थिएनन् ।

    ‘काज सरुवाको एक कारण त्यो पनि हुन सक्छ । डेढ वर्षदेखि फरार हुनुहुन्थ्यो तर कांग्रेस सभापतिको नेतृत्वमा सरकार गठन भएको भोलिपल्ट नै हाजिर हुन आउनुभयो । उहाँ पार्टीमा उपसभापति पनि हुनुहुन्छ,’ ती अधिकारीले कान्तिपुरसँग भने, ‘उहाँलाई त्यसरी छोड्ने ? भन्ने पनि लागेको हुन सक्छ ।’ देउवा सरकारप्रति अदालत नरम भएको हो कि भन्ने सन्देश गएकाले र उक्त आदेशले अदालतको आलोचना भएको भन्दै प्रधानन्यायाधीश जबरा असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।

    ललिता निवासको जग्गा प्रकरणमा गच्छदार अदालतमा उपस्थित नभए पनि पार्टीका आन्तरिक कार्यक्रममा सहभागी हुँदै आएका थिए । उनले पार्टी सभापति देउवालाई भेटेरै आफ्नो मुद्दा टुंग्याउन पहल गरिदिन आग्रह गर्दै आएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनले आफू निर्दोष भएको दाबी गर्दै मुद्दाबाट पार लगाइदिन आग्रह गरेका थिए ।

    अख्तियारले २०७६ माघ २२ मा कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारसहित १ सय ७५ जनाविरुद्ध ललिता निवासको जग्गा हिनामिनासम्बन्धी मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसको भोलिपल्टै अदालतबाट म्याद जारी गरिएको थियो । विशेष अदालतले म्याद बुझाउन गच्छदारको ललितपुर सानेपादेखि उनको गृहजिल्ला सुनसरीको दुहबीसम्म पटकपटक ताकेता गरेको थियो । बुधबार बिहान १० बजे विशेष अदालत पुगेका गच्छदारको बयान लिनुका साथै थुनछेक बहस गरेर अध्यक्ष कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले त्यही दिन धरौटीमा रिहाइ गरेको थियो ।

    गच्छदारले विशेष अदालतमा १० लाख रुपैयाँ नगद धरौटी बुझाएर बाहिरिएपछि राजनीतिक दुराग्रहपूर्ण र प्रतिशोधपूर्ण रूपले आफूमाथि अख्तियारले मुद्दा लगाएको बताएका थिए । उनले विशेष अदालतको आदेशको सम्मान गर्दै पालना गर्ने पनि अभिव्यक्ति दिएका थिए ।

    सर्वोच्च अदालतले भने कार्कीको काज सरुवा र गच्छदारको मुद्दाको आदेशबीच कुनै सम्बन्ध नरहेको बरु संयोग परेको दाबी गरेको छ । मुलुकको न्यायपालिकाको नेतृत्वका रूपमा प्रधानन्यायाधीश जबराले कुन व्यक्तिलाई कहाँ काममा लगाउने भन्ने मूल्यांकन गरेर नै निर्णय लिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए । ‘काज सरुवा नियमित प्रक्रिया हो । मुद्दा विशेषलाई लिएर सरुवा भएको होइन । को मान्छेलाई कहाँ, कसरी काम लगाउने र कसरी के जिम्मेवारी दिने भन्ने कुरा महत्त्वपूर्ण हो । अहिले जसरी कुरा भइरहेको छ, त्यो होइन,’ उनले भने, ‘विराटनगर इलाम इजलासको मुख्य न्यायाधीश निवृत्त हुनुभयो । प्रेमराज कार्की वरिष्ठ हुनुहुन्छ । वरिष्ठलाई पठाउनुपर्छ भनेर काज सरुवा भएको हो ।’

    गच्छदारलाई धरौटीमा छाड्ने आदेश गरेको विषयमा गल्ती भएको भए कारबाही हुनुपर्ने विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले बताए । ‘प्रेमराज कार्कीसमेतको इजलासले बदमासी गरेको छ, आदेश वा फैसलामा बदमासी गरेको छ भने सरुवा गर्ने होइन कारबाही गर्नॅपर्छ । कुन फैसलामा कहा त्रुटि हो भन्ने देखाउनुपर्छ, मनमा लागेको गर्नॅहुँदैन,’ उनले भने । ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले विगतमा थुनामा पठाएका डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेल र तत्कालीन सचिव दीप बस्न्यातलाई सर्वोच्चले धरौटी लिएर छोड्ने आदेश दिएको उल्लेख गर्दै विशेषका पूर्वअध्यक्ष कार्कीले गच्छदारबारे विशेषको आदेशमा नयाँ कुरा नभएको बताए । ‘देउवा प्रधानमन्त्री भएको भोलिपल्ट नै मिलेर आदेश गरेको भन्ने हो भने आदेश बेठिक भयो भनेर सर्वोच्चले मुद्दा सर्वोच्चमा आएपछि थुनामा पठाए हुन्छ,’ उनले भने । ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाइएकामध्ये अझै ३२ जना अदालतमा उपस्थित नभएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिएका छन् । उनका अनुसार १० जना अभियुक्तको भने मृत्यु भइसकेको छ ।

    यो समाचार आजको कान्तिपुर दैनिकमा जयसिङ महराले लेखेका छन् ।

    Facebook Comments Box

    गच्छदारलाई धरौटीमा छाडेकामा प्रधानन्यायाधीश असन्तुष्ट
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.