काठमाडौँ: पछिल्लो २४ घण्टामा मात्रै ४१ सय सात जनाको कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३५४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ९७५, एन्टिजेन विधिबाट ४ हजार ९४४ जनाको परीक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त हुँदा मृत्यु ३५ जनाको मृत्यु भएको छ ।
हालसम्म ३९ लाख बढीको कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ ।
Facebook Comments Box