Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने

    ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने

    पहिलोक्लिकपहिलोक्लिकAugust 28, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

    राजधानीमा आज सम्पन्न बिम्स्टेक मुलुकका वरिष्ठ पदाधिकारीको १९औँ बैठकले ऊर्जाको क्षेत्रमा सदस्य मुलुकबीच सहायता अभिवृद्धि गर्न त्यस्तो समझदारीपत्रमा हस्ताक्षरका लागि शिखर सम्मेलनमा सिफारिस गरेको हो ।

    बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको आगामी बिहीबार र शुक्रबार काठमाडौँमा हुने शिखर बैठकमा उक्त समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

    आजको बैठकमा बिम्स्टेकअन्तर्गतका सहयोगलाई थप प्रभावकारी बनाउने तथा सङ्गठनलाई व्यावहारिक बनाउनेबारेमा गहन छलफल हुनका साथै बिस्टेकको प्रभावकारिताका निम्ति बिम्स्टेक विकास कोष स्थापनाको संभाव्यता, सदस्य देशको सुझावअनुरुप विद्यमान १४ सहायताका क्षेत्रको तार्किक व्यवस्थापन एवम् पुनर्गठन तथा मूलभूत प्राथमिकताका क्षेत्रको पहिचानबारे ठोस छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।

    क्षेत्रीय सहयोगको वास्तविक भावनाअनुसार सौहार्दपूर्ण वातावरणमा भएको सदस्य देशका परराष्ट्र सचिवहरूको बैठकमा सङ्गठनका निर्णय कार्यान्वयनका निम्ति सदस्य राष्ट्रलाई सघाउने गरी बिम्स्टेक सचिवालयलाई सुदृढ तुल्याउने, सङ्गठनको बडापत्र बनाउन प्रारम्भिक चरणका कार्यसम्पादन गर्ने तथा बिम्स्टेक संयन्त्रका कार्यविधि र प्रक्रियाका सम्बन्धमा व्यापक विचारविमर्श भएको जानकारी उनले दिए ।

    बैठकमा महासचिवको प्रतिवेदनमा विवेचन गर्दै त्यसकै आधारमा संगठनमा भएको समझदारीअनुरुपका सहयोगका क्षेत्रको प्रगति भएको थियो । बिम्स्टेकलाई थप प्रभावकारी एवं परिणाममुखी तुल्याउनुपर्नेमा सहभागी सबैले जोड दिँदै हालसम्म सचिवालयले गरेको कामप्रति बैठकले कृतज्ञता व्यक्त गरेको छ ।

    त्यसैगरी आजको बैठकले भन्सारसम्बन्धी सहायता, सम्पर्क र सम्बन्ध विस्तार, प्रविधि, प्रतिआतंकवाद अन्तर्राष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्य र सचिवलायको सुदृढीकरण र त्यसको बजेट अनुमोदन गरेको छ ।
    साथै बैठकले व्यापार तथा लगानी, यातायात तथा सञ्चार, प्रविधिलगायत १४ वटा विज्ञ समूह एवम् संयन्त्रका प्रतिवेदन पनि अनुमोदन गरेको जानकारी प्रवक्ता पौड्यालले दिए ।

    ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउने, सबै सदस्य राष्ट्रलाई सतह, जल र हवाईमार्ग तथा अप्टिकल फाइबरबाट जोड्ने, बिम्स्टेक क्षेत्रमा व्यापार विस्तारलाई बढावा दिने उपाय अवलम्बन, समग्र बिम्स्टेक क्षेत्रलाई शान्ति, समृिद्ध र दिगोपनातर्फ उन्मुख गराउने तथा गरीबी हटाउने विषयलाई पनि बैठकले उच्च प्राथमिकता दिएको एकजना सहभागीले बताए ।

    बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतङ्कवाद, गरीबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमध्ये केहीलाई घटाउने र कुनैलाई अर्को कुनै सहायताको क्षेत्रमा विलय गर्ने, पर्वतीय अर्थतन्त्र र तटीय क्षेत्रका जनताको जीवनलाई पनि सहज र समृद्ध तुल्याउन अपनाउनुपर्ने उपायबारे पनि बैठकमा विचारविमर्श भएको थियो ।

    चौथो शिखर सम्मेलनको तयारी, काठमाडौँ घोषणापत्रको अन्तर्वस्तु तथा त्यसको मस्यौदालाई अन्तिम रूप दिने र शिखर सम्मेलनलाई सफल तुल्याउने विषयमा नै केन्द्रित भएर सघन छलफल भएको थियो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.