काठमाडौँ: शेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । २०७८ साल साउन ३१ गते आइतबार २१ अर्ब ६४ करोड बराबरको काराबोर भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यसअघि जेठ ३० गते आइतबार १९ अर्ब ५५ करोड बराबरको कारोबार भएको थियो । झण्डै दुई महिनापछि कारोबार रकमले नयाँ रेकर्ड बनाएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर धितोमा जाने ऋणको सीमा तोकेपछि बजारमा उतारचढाब देखा परेको थियो । सुरुवाति समयमा केहि सकारात्मक बनेको बजार ७३ अंकसम्म घटेको थियो । अन्त्यमा २४.८८ अंकले घटेर ३ हजार १५४.०३ अंकमा बन्द भएको छ ।
आइतबार उत्पादन, माइक्रोफाइनान्स र लगानी समूहका सूचक बाहेक सबै घटेका छन् ।
Facebook Comments Box