काठमाडौँ: जापान सरकारले अनुदानमा दिएको थप आठ लाख डोज अष्ट्राजेनेका खोप शनिबार र सोमबार काठमाडौं आइपुग्ने भएको छ।
काठमाडौंस्थित जापानी राजदूतावासले दिएको जानकारीका अनुसार जापानबाट कुल १६ लाख १४ हजार ७४० डोज खोप नेपाल आउन लागेको हो। त्योमध्ये आठ लाख डोज साउन २३ र २४ गते नेपाल आइपुगेको थियो।
राजदूत किकुता युताकाले यो खोप अनुदान नेपाल-जापान मित्रताको प्रतीक भएको बताएका छन्।
यो खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसिरहेका जेष्ठ नागरिकहरूलाई दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Facebook Comments Box
