काठमाडौँ:
तीन दिनदेखि चालु रहेको सत्ता साझेदार नेकपा माओवादी केन्द्रलेसमेत भातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल) विवाद बढेपछी नयाँ नेतृत्व चयन गर्न असफल भएको छ।
राजधानीमा जारी वाईसीएलको सम्मेलनमा नयाँ नेतृत्वका लागि तीव्र विवाद भएपछि माओवादीले सोमबार हस्तक्षेप गरेको थियो।
सोमबार पेरिस डाँडामा बसेको माओवादी स्थायी समितिको बैठकले वाईसीएलको नेतृत्व छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो।
प्रचण्डले स्थायी समिति बैठकमै वाईएसीएलको नयाँ अध्यक्षमा गृहजिल्ला चितवनकै असफल भएको छ । शनिबारदेखि हाइटेक प्रविधिमार्फत निकै तामझामका साथ राष्ट्रिय सम्मेलनको उद्घाटन गरेको वाईसीएलको सम्मेलन नेतृत्व चयन नगरी सकिन लागेको हो । वाईसीएलले नेतृत्व चयन नगरी केन्द्रीय कमिटी मात्रै घोषणा गर्ने तयारी गरेको छ।
वाईसीएलयका केन्द्रीय प्रचार विभाग प्रमुख पुष्प ओलीले केन्द्रीय कमिटी घोषणा गरेर राष्ट्रिय सम्मेलन सक्न लागिएको बताए । उनले नेतृत्व चयन भने पछि बस्ने केन्द्रीय कमिटी बैठकले गर्ने बताए ।
‘सहमतिको लागि अधिकतम प्रयास भएपनि हाल नेतृत्व चयन हुन सकेन’, ओलीले भने, ‘आजै केन्द्रीय समिति घोषणा गरेर अध्यक्ष भने पछि बस्ने केन्द्रीय समितिबाट चयन गरिनेछ ।’
वाईसीएलको नेतृत्वमा सुवोधराज शेर्पाली र सुमन देवकोटाले दाबेदारी प्रस्तुत गर्दै आएका छन् । तर दुबैको नाममा सहमति हुन नसकेपछि समस्या भएको हो । निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन नगर्ने र सहमति पनि नबन्दा यो विषयमा सहमति जुटाउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको थियो ।