काठमाडौँ: मलेसियामा जारी एसीसी एसिया कप छनोटअन्तर्गत दोस्रो खेलमा पनि नेपालले हार व्यहोरेको छ ।
मेलिसियाको किनारा ओभल्समा खेलाइएको खेलमा युएईले नेपाललाई ७८ रनले पराजित गरेको हो । युएईले नेपालसामु जीतका लागि २ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाल कूल १७६ रन बनाएर ४८.५ बलमा अल आउट भएका थिए ।
नेपालले युएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन बनायो । कप्तान पारसको यो निर्णय गलत साबित हुनपुग्यो । युएईका ओपनरले अर्धशतीयक साझेदारी गर्दै टोलीलाई राम्रो शुरुवात दिलाए ।
नेपालका लागि सर्वाधिक सुबाश खकुरेलले अर्धसतक पारि खेल भने दिपेन्द्र सिंह एरीले ४० रनको योगदान गरे जुन नेपालका लागि पर्याप्त हुन सकेन ।
दोश्रो हारसंगै नेपालको एसिया कपमा छनोट हुने आशा लगभग मरेको छ ।
पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी र सन्दीप लामिछाने छन् ।