काठमाडौँ: काठमाडौंको कपनस्थित ढलमा खसेर हराइरहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ।
प्रहरीका अनुसार गत मंगलबारदेखि ढलमा बेपत्ता उज्ज्वलकाे शव ललितपुरको महांकाल गाउँपालिकास्थित बागमती नदीको किनारमा भेटिएको हो।
कपनकाे सडकमा खुला राखिएकाे ढलमा खसेर बेपत्ता बालककाे शव स्थानीयले शनिबार साँझ देखेर खबर गरेकाे प्रहरीले जनाएकाे छ।
Facebook Comments Box
