काठमाडौँ:
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजभोलि नै सरकार विस्तार हुन सक्ने बताएका छन्।
सहिद प्रतिष्ठान नेपालको १२ औँ साधारण सभालाई काठमाडौंमा बिहिबार सम्बोधनका क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको अढाई महिना बितिसक्दा पनि पूर्णता पाउन नसकेको बेला प्रचण्डले आजभोलि नै सबै कुरा टुंगिने बताए।
‘हामीले ऊर्जा र अर्थमन्त्रालय लिएका छौँ। अरु मन्त्रालय सम्भवत: आजभोलि नै टुंगिने छ’, उनले भने, ‘अब गठबन्धन सरकार विस्तार भएर जनयुद्धका घाइते र अपाङ्गका माग पनि सम्बोधन गर्ने दिशामा अघि बढ्नेछौँ।’
Facebook Comments Box