काठमाडौँ: नेकपा एमालेले पार्टीको १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।
यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर, बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो ।
स्थायी कमिटी सदस्य विष्णु रिमालले बिहीबारको स्थायी कमिटी बैठकबाट महाधिवेशन मूल व्यवस्थापन सिमिति २१ सदस्यीय बनाइएको जानकारी पनि दिएका छन् ।
महाधिवेशन मूल व्यवस्थापन समिति संयोजकमा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ छन्। समितिको सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु रिमाल, काशीनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहेका छन् ।
एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ।