काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरका ६ हजार भन्दा धेरै वडामा शनिबार एक साथ वडा अधिवेशन सुरु गरेको छ।
थापाथली हाइटस्थित केन्द्रीय कार्यालयको एक्सन रुममा शनिबार आयोजित एक कार्यक्रमबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा सबै वडाको अधिवेशन उद्घाटन गरेका छन्।
मंसिर १०-१२ सम्म चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार वडा अधिवेशन गरिएको हो।
एमाले स्थायी कमिटी सदस्य विष्णु रिमालका अनुसार शनिबार देशका ६ हजार ७४३ वडामा अधिवेशन भइरहेको छ।
Facebook Comments Box