काठमाडौँ:
एएफसी यू–२३ एसिया कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल इरानसँग हारेको छ।
ताजकिस्तानस्थित सेन्ट्रल रिपब्लिकन स्टेडियममा साेमबार भएको प्रतिस्पर्धामा नेपाललाई बलियो इरानले ४–० गोलअन्तरले जितेको हो।
पहिलो हाफसम्म खेल गोलरहित बराबरी रहे पनि दोस्रो हाफमा कमजोर प्रदर्शन गरेपछि नेपाल इरानसँग हारेको हो।
दोस्रो हाफदेखि नेपालले एकोहोरो गोल खाएको हो।
फिफा वरीयतामा एसियाको शीर्ष स्थानमा रहेको इरानले ४७, ७७, ७९औं र थपिएको ३ मिनेटमा नेपालविरुद्ध लगातार गोल हानेको हो।
इरानका हुसेनले २, मेहदी र यासिनले १/१ गोल गरेका हुन्।
समूह बीअन्तर्गत नेपाललाई हराउँदै इरानले विजय सुरुवात गरेको हो। जितसँगै इरानले ३ अंक प्राप्त गरेको छ। नेपाल भने अंकविहीन भएको छ।
नेपालले अब दोस्रो प्रतिस्पर्धा बिहीबार ताजाकिस्तानसँग गर्नेछ भने अन्तिम खेल आइतबार लेबनानसँग खेल्नेछ।