काठमाडौँ: फ्लोरिकल्चर एशोसिएन नेपालले कार्तिक १२ गतेबाट १५ गतेसम्म जावलाखेलको खेल मैदान ललितपुरमा ‘१४ औं गोदावरी पुष्प प्रदर्शनी २०७८’ आयोजना गर्ने भएको छ ।
उक्त मेला “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरीपरी” भन्ने नाराका साथ आयोजना गर्न लागिएको हो ।
मेला संयोजक तथा एसोसिएनका उपाध्यक्ष सिताराम पन्तले धेरै प्रकारका गोदावरी फूल बिरुवाहरु एकै ठाउँमा प्रदर्शित हुँदा उपभोक्ताको आवश्यकता परिपूिर्त गर्ने सहज हुने, पुष्प व्यवसायीहरुलाई हौसला प्रदान गर्न र व्यवसायिहरुबीच प्रतिशपर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्याउने उद्धेश्यले मेला आयोजना गर्र्न लागिएको जानकारी दिए ।
साथै यस प्रकारको मेला प्रदर्शनीको आयोजनाबाट पुष्प प्रेमी उपभोक्ता बढ्न जाँदा बजार विस्तारमा थप टेवा पुग्ने पनि संयोजक पन्तले बताए । सो मेलामा ४४ वटा व्यवसायिक स्टल र ४ वटा सूचनामूलक गरी कुल ४८ वटा प्रदर्शनी कक्षहरु तयार गरिने छ ।
संयोजक पन्तका अनुसार उक्त मेलामा सहभागी भएका नसर्री व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ प्रतिसपर्धा गराई एक स्टललाई नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ ।
मेलामा विगत वर्ष देखि नै व्यवसायीक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूलका बिरुवाहरुका साथै यस वर्ष भित्रिएका गोदावरी फूलको नयाँ प्रजातीका पूmलका बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री वितरण गरिने बताइएको छ ।
यसका साथै सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनको फूलको बिरुवाहरु समेत प्रदर्शनमा समावेस गराइने जनाइएको छ । मेलामा ३५ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन साथै ५० लाखको व्यवसायीक कारोबार हुने अपेक्षा रहेको एशोसिएनले जनाएको छ ।