काठमाडौँ: साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलब ९७ अंकले बढेर अन्तिम दिन १ हजार १८१ दशमलब ६९ अंकमा पुगेको छ ।
नेप्से बढेपनि कारोबार रकममा भने कमि आएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ११ हजार ७८८ कारोबारबाट ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा ३१ दशमलब ८१ प्रतिशत कम हो ।
गत साता १८५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६ हजार ६२० कारोबारबाट एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरका ४४ लाख २१ हजार नौ सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यस साता निर्जीवन बीमा सामूहको परिसूचक ४० अंकले, होटल ७ दशमलब ६७ अंक, लघुवित्त ७ दशमलब ३२ अंक, बाणिज्य बैंक ८ दशमलब ८ दशमलब ५२ अंक र विकास बैंक ८ दशमलब ६१ अंकले बढेको छ ।
त्यसैगरी, उत्पादन समूहको परिसूचक ३ दशमलब ४६ अंक, अन्य शुन्य दशमलब ९७ अंक र बित्त समूहको परिसूचक शुन्य दशमलब ६२ अंकले बढेको छ ।
यधपी, जीवन बीमा समूहको परिसूचक ४३ अंक र जलबिधुत ५ दशमलब ६८ अंकले घटेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.३७ अंकले बढेर २४९.७९ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकम (सात करोड ३९ लाख ६० हजार रुपैयाँ) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक सेयर अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ३२ हजार कित्ता) को आधारमा एनएमबि बैंक लिमिटेड र कारोबार संख्या (५८८ वटा) को आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।