काठमाडौँ: नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतवारदेखि आन्दोलन थाल्ने भएको छ।
बारको शुक्रबार बसेको बैठकले आइतवारदेखि चरणवद्ध आन्दोलन थाल्ने भएको हो।
नेपाल बारकी सदस्य अनिता गौतम पौडेलका अनुसार बारले आइतवारदेखि बुधबारसम्म चार दिन कालोपट्टी बाँधेर प्रदर्शन गर्ने भएको हो।
बारले आन्दोलनका कार्यक्रम सुरु गर्दै प्रधानन्यायाधीश जबरालाई इजलास गठन गरेर कुनै मुद्दाको सुनुवाइ र फैसला नगर्न पनि भनेको छ।
पौडेलका अनुसार जबराविरुद्धको आन्दोलन कडा बनाउने क्रममा आइतवारदेखि बुधबारसम्म एक घण्टा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय भएको हो।
‘त्यति गर्दा पनि नभएमा बारले थप आन्दोलनका कार्यक्रम थाल्नेछ’, उनले भनिन्, ‘अब विस्तारै दबाबमूलक कार्यक्रम बढाउँदै लैजाने कुरा भएको छ।’