टोकियो: जापानको टोकियोस्थित अन्डरग्राउण्ड रेलमार्गमा चक्कु र आगोको आक्रमण हुँदा १७ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार प्रहरीले यो आक्रमणमा संलग्न भएको आरोपमा २४ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ।
मानिसहरु एक पार्टीतर्फ जाँदै गरेको बेला यो आक्रमण भएको हो। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले मानिसहरुमा स्पे छर्किएर आगो लगाइदिएका थिए।
आक्रमणपछि सार्वजनिक भएको भिडियोमा मानिसहरु सब वे मा रेलको झ्याल तोडेर निस्किने प्रयास गरिरहेको देख्न सकिन्छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार यो आक्रमणमा घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर छ।
जापानमा हिंसात्मक आक्रमण विरलै हुने गर्छ तर पछिल्लो केही वर्षमा भने यो संख्या बढेको छ। गत अगष्टमा पनि जापानको रेलमा भएको आक्रमणमा १० जना मानिसहरु घाइते भएका थिए।
सन् २०१९ मा बस कुरिरहेका स्कुले बालबालिकामाथि भएको आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका थिए।