काठमाडौं: नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेक सबै सेवा सेवा बन्द परेको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले भदौ १ गतेदेखि लागू गरेको मुलुकी ऐन, मुलुकी अपराध (संहिता), ऐन २०७५ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएको भन्दै चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् ।
भदौ १ गते नै आन्दोलनको पूर्व तयारी गरेकालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले विज्ञप्ती जारी गर्दै विवादित दफा तथा उपदफाहरुमा आवश्यकता अनुसार संशोधन गरी सम्बोधन गर्ने आश्वासन दिएको थियो । संघले भदौ १५ गतेसम्म सरकारलाई नयाँ ऐन सच्याउनको लागि समय दिएको थियो ।