Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 5
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कुन बैंकको शेयर कति कमजोर, कसको कति बलिया? हेर्नुहोस प्रति शेयर मूल्य

    कुन बैंकको शेयर कति कमजोर, कसको कति बलिया? हेर्नुहोस प्रति शेयर मूल्य

    पहिलोक्लिकपहिलोक्लिकSeptember 2, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: कुनै समय बैङ्क तथा वित्तीय संस्थाको शेयर खरिद गर्नुलाई ठूलो प्रतिष्ठाको विषय मानिन्थ्यो । सर्वसाधारण घण्टौँ लाइन लागेर भएपनि शेयर खरिद गर्न आतुर हुन्थे । पछिल्लो समय निरन्तर ओरालो लागेको शेयर बजारका कारण ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको शेयरसमेत घटेको छ । यसबाट पूराना लगानीकर्तालाई समस्यामा पारेको भएपनि नयाँ लगानीकर्तालाई भने अवसर प्रदान गरेको छ ।

    नेपाल स्टक एक्सचेञ्जकाअनुसार नौ बैङ्क तथा वित्तीय संस्थाको शेयर आधारभूत मूल्यकै हाराहारीमा रहेको छ । शेयर बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि यो सुखद समय भएपनि कारोवार गरिरहेका लगानीकर्तालाई भने बजार घटेका कारण समस्या भएको छ । घट्दो बजारका कारण ठूला बैङ्ककै शेयर आधारभूत मूल्यकै तहमा आइपुग्दा नयाँ लगानीकर्तालाई लगानीको अवसर प्रदान गरेको छ ।

    स्टककाअनुसार सेञ्चुरी बैङ्कको प्रतिशेयर मूल्य रु १६९ रहेको छ । गत वर्ष भदौ दोस्रो साता पनि सो बैङ्कको शेयर मूल्य रु २२७ रहेको थियो । यस्तै सिभिल बैङ्कको शेयर पनि घटेको छ । सो बैङ्कको प्रतिशेयर मूल्य रु १४८ रहेको छ । गत वर्ष भदौमा सो बैङ्कको शेयर रु २३० मा खरिद बिक्री भएको थियो । जनता बैङ्कको शेयर प्रतिकित्ता रु १५३ मा खरिद बिक्री भएको छ । गत बिहिबारको तथ्याङ्क अनुसार सो बैङ्कको शेयर निरन्तर ओरालो लाग्दै गएको छ । गत वर्ष भदौमा सो बैङ्कको शेयर रु २५४ मूल्यमा खरिद बिक्री भएको थियो ।
    यस्तै मेगा बैङ्क लिमिटेडको शेयर रु १६१ मूल्यमा खरिद बिक्री भएको छ । गत वर्ष रु ४४९ मा कारोवार भएको सो बैङ्कको शेयर निरन्तर ओरालो लागेको छ ।

    माछापुच्छ्रे बैङ्कको शेयर पनि दोस्रो बजारमा कमजोर देखिएको छ । सो बैङ्कको शेयर गत बिहिबार रु २०४ मा खरिद बिक्री भएको थियो । गत वर्ष भदौमा समेत सो बैङ्कको शेयर रु ३२७ कारोवार भएको थियो । शेयर बजारमा नेपाल बङ्गलादेश बैङ्क कमजोर देखिएको छ । सो बैङ्कको शेयर रु १९९ मा कारोवार भएको छ । गत वर्ष भदौमा सो बैङ्कको शेयर रु ३३२ मा खरिद बिक्री भएको थियो । एनसिसि बैङ्कको शेयर पनि ओरालो लागेको छ । सो बैङ्कको शेयर प्रतिकित्ता रु १८० मा बिक्री भएको थियो । गत वर्ष भदौमा रु ३६४ मा खरिद बिक्री भएको थियो ।

    यस्तै प्रभु बैङ्कको शेयर प्रतिकित्ता रु १८० मा खरिद बिक्री भएको छ । गत वर्ष भदौमा रु ३७० मा कारोबार भएको थियो । सिटिजन बैङ्कको प्रतिकित्ता शेयर रु २३५, ग्लोबल आइएमइ बैङ्कको रु २९६, लक्ष्मी बैङ्कको रु २३३, बैङ्क अफ काठमाडौँको रु २८९, नेपाल बैङ्क लिमिटेडको रु २८६, एनएमबी बैङ्कको रु ३१६, प्राइम बैङ्कको रु २९५, सनराइज बैङ्कको रु २२०, एनआइसी एसिया बैङ्कको रु ३४० तथा सानिमा बैङ्कको प्रतिकित्ता शेयर रु ३२० मा कारोबार भएको छ ।

    तीन बैङ्कको शेयर मात्रै बढी

    नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत २७ वाणिज्य बैङ्कमध्ये तीन बैङ्कको शेयर मात्रै रु पाँच सय माथि रहेको छ । स्ट्याण्डर्ड चार्टड बैङ्कको प्रतिकित्ता शेयर रु ७१५ मा कारोबार भएको छ । गत वर्ष रु दुई हजार २०१ मा कारोवार भएको सो बैङ्कको शेयर मूल्य घट्दै गएको छ । नबिल बैङ्क लिमिटेडको प्रतिकित्ता शेयर रु ९४७ मा कारोबार भइरहेको छ । गत वर्ष सो बैङ्कको शेयर रु एक हजार ६६५ मा खरिद बिक्री भएको थियो । एभरेष्ट बैङ्क लिमिटेको शेयर मूल्य रु ६५८ रहेको छ । गत वर्ष रु एक हजार २६६ मा कारोवार भएको थियो । नेपाल एसबिआई बैङ्कको शेयर रु ४९३ मा कारोवार भएको छ ।

    नयाँ लगानीकर्तालाई अवसर

    शेयर बजार विश्लेषक प्रकाश तिवारी सुरक्षित लगानी गर्न चाहनेलाई बैङ्क तथा वित्तीय संस्थाको शेयरमा लगानी गर्ने अवसर रहेको बताउनुहुन्छ । चाँडो फाइदा खोज्ने र थोरै लगानी गरेर धेरै नाफा खोज्नेलाई भने वित्तीय क्षेत्रभन्दा अन्य क्षेत्र नै उपयुक्त रहेको उहाँको भनाइ छ । सामान्यता बैङ्क तथा वित्तीय संस्थाको शेयरमा जोखिम कम हुने भएकाले पनि नागरिकको आर्कषण रहने गर्दछ । ‘वियरिस टे«न्ड’ मा रहेको बजारको प्रभाव सो क्षेत्रमा समेत परेको छ । विश्लेषक तिवारी ‘क’ वर्गका बैङ्क तथा वित्तीय संस्थाको शेयर आधरभूत मूल्यका हाराहारीमा रहनु नयाँ लगानीकर्ताका लागि अवसर हो भन्नुहुन्छ ।

    Facebook Comments Box

    नबिल बैङ्क बैङ्क तथा वित्तीय संस्थाको शेयर माछापुच्छ्रे बैङ्क स्ट्याण्डर्ड चार्टड बैङ्क
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.